३० आश्विन २०८३, शुक्रबार

चीन जाँदा किमलाई कसले भन्यो ‘रेलभित्र मोटे’ ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । दक्षिण कोरियासँग वार्ताका लागि राजी भएका उत्तर कोरियाली शासक किम जोङ उनका विषयमा इन्टरनेटमा नयाँ किस्सा चर्चामा आएका छन् ।

चिनियाँहरूले उनको उपनाम राखेको चर्चा अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित छन् । आफ्ना सुरक्षा सहयोगीमात्र लिएर चिनियाँ राष्ट्रपति सी जीन पिङसँगको वार्ताका लागि बेइजिङ पुगेका किमको इन्टरनेटमा नयाँ नाम स्थापित भयो– ‘मोटे, मोटे र रेलभित्र मोटे ।’

बिजनेश इन्साइडर अनलाइन समाचारमा किमको चीन भ्रमणबारे उल्लेख गर्दै उनलाई इन्टरनेटमा ‘रेलभित्र मोटे’ भनेर ट्रोल गरिएको उल्लेख छ । उनको यो गोप्य भ्रमण बाहिर आएपछि मानिसहरूले यसको भनेका हुन् । चिनियाँ इन्टरनेटमा ‘पाङ जुहो हुओचे’ भनेर ट्रोल भएको खबर छ । यसको अंग्रेजी अनुवाद ‘फ्याटी इन द ट्रेन’ र नेपाली अनुवाद रेलभित्र मोटे हुन्छ ।

किमको चीन भ्रमणपछि युद्धको तयारीमा रहेका अमेरिका र उत्तर कोरिया वार्ताको लागि तयार भएका छन् । चीनका राष्ट्रपति सीलाई हवाला दिँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटरमार्फत किमले आफूसँग वार्ता गर्न चाहेको जानकारी दिएका छन् ।