३ कार्तिक २०८३, मंगलबार

जिल्ला न्यायाधीशहरूको नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ? (नामसहित)

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा आधा परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । ३० जनाको लागि भएको परीक्षामा १६ जना उत्तीर्ण भएका हुन् ।

उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन् । १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन् ।

३० जनाका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए । परीक्षामा ३ सय ७३ जना सहभागी भएका थिए । समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन् ।

पहिलो पटक खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा समावेश भएका करिव दुई सय कानून व्यवसायीले लिखित परीक्षा पास गर्न सकेनन् ।

परीक्षाको लिखित नतिजा अब आयोगले न्याय परिषदलाई हस्तान्तरण गर्नेछ । परिषदले उत्तीर्ण न्यायाधीशलाई नियुक्त र पदस्थापन गर्नेछ ।