३० आश्विन २०८३, शुक्रबार

प्रहरी चौकीमा आगलागी हुँदा पाँचजनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काराबोबो, १५ चैत । भेनेजुएलाको एक प्रहरी चौकीमा आगलागी हुँदा कम्तिमा पाँचजनाको ज्यान गएको छ ।

काराबोबो राज्यको भ्यालेन्सिया शहरमा रहेको प्रहरी चौकीमा आगलागी हुँदा त्यहाँ रहेका कम्तिमा पाँच बन्दीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।

कैदीले भाग्ने प्रयासमा म्याट्रेसमा आगो लगाउँदा आगलागी सुरु भएको हो । प्रहरीले चौकी बाहिर जम्मा भएका बन्दीका आफन्तको प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । उनी अरु प्रहरीको घेरा तोडेर आगलागी भएको जेलमा रहेको आफन्तलाई बाहिर ल्याउने प्रयासमा थिए ।

अ विण्डो अन फ्रिडम नाम संस्थाका प्रमुख कार्लोस निएतोले आगलागीमा परि धेरै बन्दीको ज्यान गएको समाचार संस्था एएफपीलाई बताएका छन् ।

आगलागी भएको प्रहरी चौकी अघि जम्मा भएका कैदीका आफन्तले प्रहरीको कारलाई घेराउ गरेका थिए । आगलागीमा परि ६० देखि ७८ जनाको ज्यान गएको आशंका गरिएको छ ।

भेनेजुएलाका बन्दी गृहमा क्षमता भन्दा धेरै कैदी हुने गरेका छन् । उनीहरु हतियार, लागुऔषध तथा गुटका साथ हुने गर्छन् । – एजेन्सी