७ कार्तिक २०८३, शनिबार

समय घर्किसक्यो, अब समस्याको गाँठो फुकाउन सभामुखले नेतृत्व गर्नुपर्छः भरतमोहन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharat-mohanकाठमाडौँ, ३ पुस । संविधानसभाको बिहीबारको बैठकमा सभासद्हरूले राजनीतिक दलका शीर्ष नेताबीच संविधानका अन्तरवस्तुमा सहमति नहुँदा संविधानसभामा रस्साकस्सी बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफलमा भागलिँदै सभासद्हरुले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्नैपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका धनराज गुरुङले सहमति गर्न विलम्ब गर्न नहुने भाषण गर्ने नेताहरूले आजसम्म संविधानका अन्तरवस्तुमा सहमति नगरेकामा खेद प्रकट गर्दै मतदानबाट तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका भरतमोहन अधिकारीले सहमति नभए प्रश्नावली तयार गरेर संविधानसभामा प्रस्तुत गर्ने कार्यतालिका पालना नभएकाले पूर्ण सभाबाटै त्यसलाई निरूपण गराँै भन्दै समय घर्किसकेकाले समस्याको गाँठो फुकाउन संविधानसभा अध्यक्षले नेतृत्व गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्रलगायत विषयमा सहमति भइसकेकाले विवाद नबल्झाउन आग्रह गर्दै विज्ञहरूलाई प्रदेशको नाम र सीमाङ्कन गर्ने जिम्मा दिएर सहमति कायम गर्न सकिने बताउनु भयो ।

एमाओवादीका अग्निप्रसाद सापकोटाले इतिहासबाट पाठ सिक्न नसकेको र युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न नसकिएको, अन्तरिम संविधानको प्रस्तावनालाई बेवास्ता गरिएको, विगतका सम्झौता पालना नगरिएकामा आपत्ति प्रकट गर्दै संवाद तथा सहमति समितिमाथि निरन्तर प्रहार भएको गुनासो गर्नुभयो ।

उहाँले परिवर्तनको प्रवाहलाई रोक्ने खेल सुरु भएको भन्दै एमाओवादी रहँदासम्म जनतालाई अधिकार दिने विषयमा कोही कसैसँग सम्झौता नगरिने धारणा राख्नुभयो ।

राप्रपा नेपालका गणेश थापाले सहमतिको कुरा गरे पनि सहमति नभएको अवस्थामा नयाँ बाटो तय गरेर तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा जोड दिँदै दलहरू मिल्न नसके जनमत सङ्ग्रहमा गएर भए पनि विवादित विषयको समाधान गर्न आग्रह गर्नुभयो ।