३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले बैशाख १ गते रारा तालबाट सम्बोधन गर्ने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओली स्वयम्ले सो जानकारी दिए । “कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताए । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भने, “यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताए । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिए । “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन” उनले भने ।

प्रधानमन्त्री ओलीले महासंघले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव नपारे पनि उसका विचारले राजनीति प्रभावित भएको बताए । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने, उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ” ओलीले भने, “अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।”

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए । “यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउँछु” उनले भने, “जिफन्टले पनि यस अभियानको तयारी गर्नुहोस् । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।”

भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्ध्घोष गरेका छन् ।