अनिल खत्री
गुल्मी, पुस ३ । नव गायिका कल्पना कुसुमले पहिलो एल्वम ‘भमरा’ सार्वजनिक गरेकी छन । उनले पहिलो एल्वम भमराबाट सांगीतिक जीवन सुरु गर्न लागेको बताएकी छिन ।
गुल्मी जिल्लामा जन्मेर नव गायिका कुसुमले आफनो सांगीतिक यात्रालाई निरन्तरता दिन पहिलो एल्वम बजारमा ल्याएको बताईन । पेसाले शिक्षिका रहेकी कल्पनाले हाल स्नाकोतर उर्तीण गरेकी छिन् ।
संगीतमा सानैदेखि लगाब रहेकाले त्यो रहर पुरा गर्न उक्त क्षेत्रमा आएको उनीले बताईन । उनीले आफनो सांगीतिक यात्रालाई निरन्तरता दिन पहिलो एल्वम ‘मख्खै प¥र्यो भमरा’ ल्याएको बताइन् ।
उक्त गीतको शब्द रचना पुरु लम्साल र संगीत थानेश्वर गौतमले गरेका छन् । गीतको म्यूजिक भिडियोको निर्देशन बिशाल भण्डारीले गरेका हुने भने पुण्य खड्का र बेनिसा हमालको अभिनय रहेको छ ।













प्रतिक्रिया