४ कार्तिक २०८३, बुधबार

११ लाख तिरेपछि हिरासतमुक्त भए ‘कृ’ निर्माता गिरी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । निर्देशक शम्भु प्रधानलाई ११ लाख क्षतिपूर्ति दिने सहमति भएपछि मंगलबार पक्राउ परेका फिल्म ‘कृ’का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् ।

प्रधानले दुई दशक अघि बनाएको फिल्म ‘सम्झना’को गीत चोरी गरी ‘कृ’ फिल्ममा राखेको अभियोग उनलाई लागेको थियो । महानगरीय प्रहरी परिसर टेकुले दुईपक्षलाई ११ लाखमा सहमति गराएको छ । सहमतिअनुसार गिरीले प्रधानलाई ११ लाख दिनुपर्नेछ । प्रहरी परिसरमा यस विषयमा कागज नै गरिएको छ ।

सम्झनाको ‘उकालीमा अघिअघि…’ बोलको गीतको एक हरफ बिना अनुमती ‘कृ’मा प्रयोग गरेको भन्दै प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले निर्माता गिरीलाई हिरासतमा राखेको थियो ।

‘कृ’ गिरीसहित अभिनेता भुवन केसीले मिलेर निर्माण गरेका थिए । उक्त फिल्मका अभिनेता अनमोल केसीले २० लाख पारिश्रमिक लिएका थिए । तर बहुप्रतिक्षित फिल्मले सोचेअनुसारको आक्रामक व्यापार भने गरेन ।