२ कार्तिक २०८३, सोमबार

ब्राजिलसँग जर्मनीको लज्जास्पद हार, ७–१ ले पराजित

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ चैत । ब्राजिलले चार वर्षअघि विश्वकपमा बेहोरेको हारको बदला जर्मनीसँग लिएको छ ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा रहयो र डरको लामो क्रम समाप्त गरेको छ ।

बर्लिनमा भएको खेलमा ब्राजिलले जर्मनीलाई १–० ले रहाएको हो । यसको अर्थ ब्राजिलले आफू हारको बदला लिन मात्रै होइन विश्वकपको उपाधि जित्नका लागि पनि तयार छौँ भनेर दिएको छ । किनकी जर्मनी साबिक विश्वविजेता हो ।

ब्राजिलको जितमा ३७ औँ मिनेटमा गाब्रिएल जिससले गोल नै निर्णायक बन्यो । योसँगै जर्मनीको अपराजित यात्रा टुंगिएको छ । पछिल्ला २३ खेलमा जर्मनी पहिलो पटक पराजित भएको हो ।

जिससले अर्को पनि गोल गर्ने मौका बनाएका थिए तर त्यसमा भने चुके । जर्मनी सन् २०१६ को युरोकपमा फ्रान्ससँग २–० ले हारेपछि पहिलो पटक पराजित भएको हो ।

घरेलु मैदानमा विश्वकपको सेमिफाइनलमा हारेको ब्राजिल मंगलबार राति बर्लिनमा जर्मनीसँग खेलेको हो । ब्राजिल त्यस बेला पनि नेइमार बिना थियो र अहिले पनि नेइमार बिना नै मैदानमा उत्रिएको थियो । – एजेन्सी