४ कार्तिक २०८३, बुधबार

गीत चोरेको आरोपमा ‘कृ’का निर्माता गिरी पक्राउ

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ चैत । महानगरीय प्रहरी परिसर काठमाडौंले गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म ’कृ’ का निर्माता सुवास गिरीलाई मंगलबार पक्राउ गरेको छ ।

नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि…’ बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए ।

पटक–पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो । प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए । तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ । त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ ।