
काठमाडौं, १३ चैत । एउटा जापानी मिडियाले उत्तर कोरियाली शासक किम जोङ उन चीनको राजधानी बेइजिङ पुगेको खबर प्रकाशित गरेपछि विभिन्न अनुमान गर्न थालिएको छ ।
उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर प्रकाशित भएको थियो । उच्च अधिकारीको पहिचान नभएको भन्दै दक्षिण कोरियाले घटनालाई साबधानीसाध हेरिएको दाबी गरेको छ ।
चीनले भने केही खुलाएको छैन भने उत्तर कोरियाले पनि यसबारेमा केही बोलेको छैन ।
यदि किम चीन पुगेको भए अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ताको तयारी हुनसक्ने हिसाबले पनि अनुमान गर्न थालिएको छ । ति अधिकारीसँग किम भए एक दशकयताको उनको पहिलो विदेश भ्रमण हुनेछ ।
केही समयअघि शितकालिन ओलम्पिकका लागि दक्षिणसँग संयुक्त मार्चपासमा सहभागीताको समझदारी बनेपछि उत्तर कोरिया तनाव मत्थर हुने चर्चा चलेका थिए ।















प्रतिक्रिया