३ कार्तिक २०८३, मंगलबार

एआईजीका छोरा कुट्ने प्रहरीमाथि कारवाही

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, १३ चैत । नेपाल प्रहरीका एआईजी कमलसिंह बमका छोरामाथि कुटपिट गरेको अभियोगमा इन्सपेक्टरसहित तीन जना प्रहरीलाई कारवाही सिफारिस गरिएको छ ।

एआईजीका जेठा छोरा सुगमलाई गएको चैत २ गते ठमेलबाट पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरबामार्गमा राखिएको थियो । त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै सुगमले प्रहरीमा निवेदन दिएका थिए । एक रात प्रहरी हिरासमतमा बसेका उनलाई बिहान आमाको रोहबरमा छोडिएको थियो ।

उनको निवेदनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले वृत्तका इन्सपेक्टर डिबी लिम्बूसहित दुई जना जवानलाई कारवाही सिफारिस गरेको हो ।

ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेको पाइएको छ । कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो ।

मादक पदार्थ प्रयोग गरेका सुगमले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । उनले ‘तिमीहरुजस्ता पुलिस मेरोमा ५/६ जना भात पकाउने काम गर्छन’ भनेर धम्काएका थिए । आफू एआईजीको छोरा भएको धाक लगाउँदै उनी ड्युटीमा रहेका पुलिसमाथि जाइजालेका थिए । तर, छानबिन समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो । समितिले सोमबार प्रतिवेदन बुझाएको छ ।

इन्सपेक्टर लिम्बूलाई प्रहरी मुख्यालयले २ नम्बरमा गणमा तानिसकेको छ । वृत्तका २ जवानलाई पनि महानगरीय प्रहरी कार्यालय त्यहाँबाट हटाएर कारबाही सुरु गरेको छ । प्रहरीले कुनै पनि घटनामा कुटपिट गर्न नपाउने भएकाले घटनामा प्रहरीको गल्ती देखिएको एसएसपी शाह नेतृत्वको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।