काठमाडौँ, पुस ३ । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीले सन् २००६ देखि लगातार जित्दै आएको अवार्ड यो पटक भने विंगर एन्जल डि मारियाले हात पारेका छन् । अर्जेन्टिना प्लेयर अफ दि इयरको अवार्ड मेस्सीलाई पछि पार्दै उनले हात पारेका हुन् ।
अर्जेन्टिनी खेल पत्रकारहरुको मतका आधारमा डि मारिया उत्कृष्ट खेलाडी छनोट भएका हुन् । डि मारिया म्यानचेष्टर युनाइटेडका तर्फबाट खेल्दै आएका छन् । मेस्सी भने बार्सिलोनाका तर्फबाट खेल्दै आएका छन् ।
यो अवार्ड २००५ बाट घरेलु लिग र देश बाहिर खेल्ने अर्जेन्टिनी खेलाडी गरी दुई जनालाई दिन लागिएको हो । यो अवार्डसँगै डि मारिया देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् ।
स्ट्राइकर लुकास पराटो अर्जेन्टिनी लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।













प्रतिक्रिया