२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्दैछन् ।

परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्री ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।

मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने उनको सचिवालयले जनाएको छ ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।