४ कार्तिक २०८३, बुधबार

तस्बीरमा अभिनेत्री करीना कपूरको हड्डी देखिएपछि…

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री करीना कपूर खान छिट्टै रिलिज हुने तयारीमा रहेको फिल्म ‘वीरे दी वेड‍िंग’बाट कम्ब्याक गर्ने भएकी छिन् ।

फिल्म रिलिजको तयारी भइरहेका बेला करीनाको शरीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना गरिएको छ । आफ्नो फिटनेसलाई लिएर चर्चित बनेकी करीनाले हालै डिजाइनर मनीष मल्होत्राका लागि सिंगापुरमा र्‍याम्पमा क्याटवक गरेकी छिन् ।

करीनाकी साथी अभिनेत्री अमृता अरोडाले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा करीनाको शरीरको हड्डी देखिएका छन् । उनको दुब्लो शरीरको आलोचना भएको हो ।

करीनालाई सामाजिक सञ्जालमा त्यो तस्बिर देखेपछि कुपोषणको शिकार भएको भनेर टिप्पणी गरेका छन् । – एजेन्सी