३ कार्तिक २०८३, मंगलबार

प्रचण्डको नयाँ खुलासाः पार्टी एकतामा ‘फिप्टी-फिप्टी’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्विर ।

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा ‘फिप्टी–फिप्टी’ हुने खुलासा गरेका छन् । उनले दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताए ।

सोमबार विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना पनि कम भएर एकता नहुँने बताए । ‘संगठन पार्टी एकताको एक पेचिलो प्रश्न हो । यसमा केही गलत समाचार बाहिर आएका छन् । कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन’ उनले भने ।

यस अघि माओवादीको ९९ र एमाले २०६ जनालाई समेटेर ३५० जनासम्मको केन्द्रीय समिति, एक सयको आसपासमा पोलिटव्यूरो र ३५ जनाको स्थायी समिति बनाउने गरी छलफल चलेको समाचार सार्वजनिक भएको थियो ।

प्रशिक्षणमा प्रचण्डले दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको पनि सुनाएका छन् । महाविधेशनसम्म दुबै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ’ उनले भने ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने समेत बताएका छन् । यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए । तर, पछिल्लो समय प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता हुने चर्चा शुरु भएको छ ।