काठमाडौँ, १२ चैत । सेयर बजार सोमबार भारी गिरावट आएपछि १५ मिनेटको लागि सर्किट ब्रेक लागेको छ । केही सातादेखि लगातार घट्न थालेको सेयर बजार सोमबार तीन प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेक लागेको हो ।
सेयर कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक ३ प्रतिशत बढ्दा वा घट्दा सेयर कारोबार १५ मिनेट रोकिन्छ, २ घण्टामा परिसूचक ४ प्रतिशतले बढ्दा वा घट्दा कारोबार ३० मिनेट रोकिने भने ५ प्रतिशतले घट्दा वा बढ्दा सो दिनको कारोबार नै बन्द हुन्छ । नेप्से परिसूचक ३६ अंक भन्दा बढीले घटेको छ ।
नयाँ सरकार आएपछि सेयर बजार लगातार घटेको भएपनि सर्किट ब्रेक भने लागेको थिएन । सोमबार तीन प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेक लागेको हो । हाल भने सेयर कारेबार खुल्ला गरिएको छ ।















प्रतिक्रिया