२ कार्तिक २०८३, सोमबार

एन्फाको निर्वाचन स्थगित, एएफसी टोली नेपाल आउँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित गरिएको छ । यसअघि चैत १४ गतेलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन उच्च अदालत, पाटनको अन्तरिम आदेशपछि स्थगित भएको हो ।

अदालतको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

निर्वाचन रोक्न भन्दै भक्तपुरका अध्यक्ष गौतम सुजखु र मकवानपुरका ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले उच्च अदालतमा चैत ८ गते निवेदन दिएका थिए । त्यसको भोलिपल्टै राजकुमार वनको इजलासले निवेदनको टुंगो नलागेसम्म निर्वाचन नगर्न नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

यसैबीच, एन्फाको चुनाव स्थगित भएकोबारे बुझ्न एसियाली फुटबल महासंघ (एएफसी)को टोली सोमबार काठमाडौँ आउने भएको छ ।

एएफसीको एसोसिएट देशका निर्देशक रवी कुमारसहितको टोली काठमाडौँ आउन लागेको एन्फाले जनाएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले तोकिएकै मितिमा महाधिवेशन नगराए कारवाही गर्ने चेतावनी दिएको थियो ।