३ कार्तिक २०८३, मंगलबार

आक्रामक शैलीमा मन्त्री चौधरी, कार्यालय समयमा कर्मचारी नदेखेपछि…

34.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । कषि, भुमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले आक्रामक कामको सुरुआत गरेकी छन् । उनले अवलोकन निरिक्षण र छड्केजाँचलाई तिव्रता दिएकी छन् ।

सोमबार कार्यालय समयभन्दा आधा घन्टा ढिलो भुमी व्यवस्था विभागको निरिक्षणमा पुगेकी मन्त्री चौधरीले उपस्थित नभएका कर्मचारीको स्पष्टिकरण लिने तयारी गरेकी छन् । मन्त्री चौधरीका अनुसार ८६ जना भन्दा बढि कर्मचारी रहेको कार्यालयमा आधा भन्दा बढि अनुपस्थित थिए ।

‘अब यसरी चल्दैन गम्भिरतापूर्वक स्पष्टिकरण सोधिन्छ, चित्त नबुझेको खण्डमा कारबाहीको कदम पनि उठाइन्छ ।’, मन्त्री चौधरीले भनिन्,‘जिम्मेबार हाकिमहरूकै अनुपस्थिति देखियो । प्रशासन चुस्त बनाउन समयको महत्वलाई ध्यान नदिनेलाई कारबाही हुनेछ ।’

सुशासन र समयमा जनतालाई सेवा दिने विषयमा कसैसँग पनि सम्झौता नहुने बताएकी चौधरीले भनिन्,‘यो सरकारको काम सुशासन कायम गर्ने हो यसमा कर्मचारीले खेलाची गर्न मिल्दैन ।’