२ कार्तिक २०८३, सोमबार

पार्टी एकता र सरकार गठनको समिक्षा गर्न माओवादी बैठक जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय हेडक्वार्टर बैठक बसिरहेको छ । पार्टी एकता प्रक्रिया र नयाँ सरकार गठनको समिक्षा गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बैठक बसिरहेको छ ।

बैठकमा नयाँ सरकार गठनसंगै सरकारको काम कारबाही र पार्टी एकता प्रक्रियाको प्रगतिका विषयमा बैठकमा छलफल भईरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टी एकता संयोजन समितिको कार्यदलमा रहेका सदस्यले एकता प्रक्रियाको प्रगतिबारे हेडक्वार्टरलाई ’ब्रिफिङ’ गरेका छन् । साथै माओवादीबाट सरकारमा सहभागि नेताहरुले सरकार सञ्चालनका प्रारम्भिक अनुभवहरु बैठकमा राखिरहेका छन् ।

नयाँ सरकार गठन लगायत राजकीय पदको निर्वाचनमा अल्झिएको माओवादीले लामो समयपछि हेडक्वार्टर बैठक बोलाएको हो ।