२ कार्तिक २०८३, सोमबार

पोर्चुगलको सानदार जित, रोनाल्डो लयमा फर्किए

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल र इजिप्टबीच शुक्रबार राति भएको मैत्रीपूर्ण खेललाई अहिले युरोपमा सबैभन्दा राम्रो लयमा रहेका दुई खेलाडी रियल मड्रिडका रोनाल्डो र लिभरपुलका मोहमद सालहबीचको प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । बाजी भने रोनाल्डोले मारे ।

ज्युरिचमा भएको खेलमा रोनाल्डो कप्तान रहेको पोर्चुगलले इजिप्टलाई २–१ ले हरायो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ५६ औँ मिनेटमा सालहले गोल गर्दै इजिप्टलाई सुरुवाति अग्रता दिलाए ।

खेलको निर्धारित समयसम्म पनि इजिप्ट र सालहको अग्रता कायम थियो । तर इन्जुरी समयमा रोनाल्डोले टिमको भारी यसरी बोकेकी इजिप्टको अग्रता मात्रै रोकेनन्, टिमलाई रोनाल्डोले जित नै दिलाए ।

इन्जुरी समयको दोस्रो मिनेटमा टिमका लागि बराबरी गोल फर्काएका रोनाल्डोले इन्जुरी समयकै चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।

इन्जुरी समयको दुई मिनेटको फरकमा रोनाल्डोले नतिजा उल्ट्याए । रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट पछिल्ला ९ खेलमा १९ गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमबाट अहिलेसम्म ८१ गोल गरिसकेका छन् । उनले यो सिजन ४० खेलमा ४३ गोल गरिसकेका छन् । – एजेन्सी