४ कार्तिक २०८३, बुधबार

बलिउडमा दीव्याको कमब्याक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता गुलशन कुमारकी बुहारी दीव्या खोलसा अभिनयमा कमब्याक गर्ने भएकी छन् । दीव्यालाई केही अभिनय अफर आइरहेको छ । उनी अहिले स्क्रिप अध्यायनमा व्यस्त रहेकी छिन् ।

दीव्याले आफ्नै निर्देशनमा बनेको चलचित्र ‘सनम रे’मा आइटम डान्स गरेकी थिइन् । रियल लाइफको कुरा गर्ने हो भने पनि दीव्या निकै ग्ल्यामरस छिन् । उनी सामाजिक संजालमा पनि सक्रिय छिन् । इन्स्टाग्राममा उनले धेरै तस्बिर सेयर गरेकी छिन् ।

दीव्याले अभिनयमा डेब्यु २००४ को चलचित्र ‘अब तुम्हारे हवाले वतन साथियो’ मार्फत गरेकी थिइन् । चलचित्रमा उनी अक्षयको अपोजिट भूमिकामा थिइन् । चलचित्र सफल भएन ।

चलचित्र छायाँकनको क्रममा भुषाण कुमार र दीव्याको भेट भएको थियो । त्यही सिलसिलामा उनको भुषणसँग प्रेम बस्यो । सन् २००५ मा उनीहरूले विवाह गरेका थिए ।

म्युजिक भिडियोबाट उनले अभिनय सुरुवात गरेकी थिइन् । दीव्याको डेब्यु म्युजिक भिडियो सन् २००० मा फाल्गुनी पाठकको ‘अइयो रामा हाथ से ये दिल खो गया’ रहेको थियो ।

यसपछि उनी २००३ मा ‘जिद ना करो ये दिल दा मामला है’मा समेत देखिएकी थिइन् । दीव्याले सन् २०१४ मा म्युजिक भिडियो ‘यारिया’ निर्देशन गरेकी थिइन् । – एजेन्सी