१ कार्तिक २०८३, आइतबार

खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाइन्छः मन्त्री विश्वकर्मा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाइने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यहाँ बिहीबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले विगतका नकारात्मक कुराबाट पाठ सिक्दै सकारात्मक कुरालाई संस्थागत गर्दैै खेलकुद क्षेत्रको विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विश्वकर्माले खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने किसिमबाट कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँदै नेपालमा आयोजना हुने तेह्रौँ सागको तयारीका लागि निर्देशनसमेत दिनुभयो । कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका सदस्य र कर्मचारी लगायतले मन्त्री विश्वकर्मालाई खादा तथा माला लगाएर स्वागत गर्नुभयो । –रासस