३ कार्तिक २०८३, मंगलबार

म साथी पनि हो, गार्जियन पनि हो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । केपी ओली नेतृत्वको यो सरकारका हरेक मन्त्री अहिले परिणामुखि कामका विषयमा सक्रियताका साथ लागेको भान गराउन थालेका छन् ।

मन्त्रीमण्डलमा यसरी सक्रिय हुने मध्येका मन्त्री हुन्, वर्षमान पुन । उर्जा, जलस्रोत र सिँचाईमन्त्री वर्षमान पुनले विहीबार कर्मचारीहरूसँग खुलेर विभागीय छलफल चलाए ।

जल उत्प्रन्न प्रकोप व्यवस्थापन विभागको सभाहलमा पुनले सरकारले काम लगाएको ठाउँमा खटिएर काम गर्न निर्देशन दिए । सो क्रममा उनले काम नपुगेका कर्मचारीलाई काम दिने तर त्यसको परिणाम पनि तुरून्तै बुझ्ने बताए ।

‘तपाईहरूलाई राज्यबाट केही अप्ठेरो परेको छ भने हेर्छ, तर बदलिएको परिस्थितिलाई भने तपाईहरूले आत्मसाथ गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस् ।’

कर्मचारीसँग यतिमा मात्र सीमित रहेनन् पुन । उनले परिणामका निम्ति काम नगरे अब मुलुक बन्न नसक्ने बताउँदै कर्मचारीलाई भने,‘म मन्त्रीमात्र होइन, गार्जियन पनि हुँ । साथी पनि हुँ । म लिडर भएर काम गर्छु । तर, परिणामचाहीँ चाहिन्छ ।’

उनले सरकारी सम्पत्तीको दुरूपयोग नगर्न चेतावनी दिए । ‘जनताको करबाट उठेको पैसाको दुरूपयोग भयो भने ठूलो अपराध हुन्छ, त्यसैले तपाईहरूले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस् ।’

अब तर्कले काम नहुने बताउँदै उनले काम गरेर देखाउने चुनौति थपिएको बताए । जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रूपमा उत्रन कर्मचारीलाई उनको निर्देशन थियो ।

‘हामीलाई, व्यक्तिगत रूपमा मलाई पनि तर्क गर्ने ठाउँ छैन, जनताले परिणाम खोजेका छन्, जनआकांक्षालाई पुरा गर्न हामी सामुहिक रूपमा काम गरौ ।’