३० आश्विन २०८३, शुक्रबार

फेसबुकका सिइओ जुकरबर्ग भन्छन्: प्रयोगकर्तामाथि विश्वासघात भयो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको गोप्य डाटा चोरी भएको स्वीकार गरेको छ । संस्थापक मार्क जुकरबर्गले आफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताए ।

क्याम्ब्रिज एनालिटीका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको गल्ती भएको बताएका छन् । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच सम्झौताका क्रममा विश्वासघात भएको बताए । जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको सार्वजनिक भएको थियो ।

फेसबुकमा जारी बयानमा जुकरबर्गले फेसबुक आफूले नै सुरु गरेको हुँदा जे जे हुन्छ त्यसको त्यसको जिम्मेवारी आफैले लिने बताए । उनले समस्या समाधानका लागि तत्कालै गर्ने कामबारे पनि जानकारी दिएका छन् । उनको भनाइअनुसार सबै एप्सको जाँच गरिनेछ । निजी जानकारीको दुरुपयोग गर्ने डेभलपर्सलाई बन्द गर्दै प्रभावितलाई जानकारी दिने उनले बताएका छन् ।