१ कार्तिक २०८३, आइतबार

विश्वकप फुटवलको तयारीलाई हिटलरसँग जोडेपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ चैत । विश्वकप फुटबलको तयारी भइरहेका बेला आयोजक राष्ट्र रुस र बेलायतबीच सम्बन्ध झन् खराबपूर्ण अवस्थामा पुगेको छ ।

बेलायतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वकप फुटबल २०१८ को प्रचार–प्रसार हिट्लरले सन् १९३६ को बर्लिन ओलम्पिकको प्रचार गरे जस्तै गरी गरिरहेको टिप्पणी गरेको छ । बेलायतको यो टिप्पणीले रुस चिढिएको छ ।

पुटिनले आफ्नो भ्रष्ट शासनमा विश्वकप फुटबलको चमक लगाउन चाहेको बेलयाती विदेश मन्त्री बोरिस जोनसनले लगाएका छन् ।

लेबर पार्टीका सांसद इयान अस्टिनले रुसी राष्ट्रपति पुटिन आफ्नो भ्रष्ट शासनमाथि विश्वकपको चमकदार लेप लगाउन योजनामा रहेको बताएका थिए । विदेशमन्त्री जोनसनले अस्टिन पूर्ण रुपमा सही रहेको बताएका हुन् ।

विदेशमन्त्री जोनसनले तत्काल रुससँग आउँदो जुनमा हुने विश्वकप फुटबलमा दर्शक समर्थकको सुरक्षाका विषयमा छलफल गर्ने बताएका छन् ।

पछिल्लो समय बेलायत र रुस बिचको सम्बन्धमा ओसिलोपन बढेको छ । दुवै देशले आफ्नो देशमा रहेका एक अर्काकाका कुटनीतिज्ञलाई फिर्ता लैजान भनेका छन् ।

रुसका पूर्व गुप्तचर कर्मचारी र उनी छोरीलाई बेलायतमा विष दिएपछि सम्बन्ध बिग्रिन थालेको हो । बेलायतले अहिले अस्पतालमा उपचाररत दुवै जनालाई रुसले नै विष दिएको आरोप लगाउँदै आएको छ भने रुसले अस्वीकार गरेको छ ।

तर यसले सम्बन्ध भने बिग्रिँदै गएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकपमा जानका लागि अहिलेसम्म २४ हजार बेलायतीले निवेदन दिएको र उनीहरुको सुरक्षालाई लिएर बेलायत सरकार चनाखो रहेको बिबिसीले उल्लेख गरेको छ ।

पुटिन यहि हप्ता मात्रै चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका बेला बेलायतले उनीमाथि विश्वकप फुटबललाई आफ्नो खराब शासनमा राम्रोको जलप लगाउने माध्यम बनाएको आरोप लगाएको हो । रुसले भने बेलायतको आरोप घृणाको उपज रहेको बताएको छ । – एजेन्सी