काठमाडौं । बलिउड अभिनेत्री जया पर्दा व्यक्तिगत भ्रमणको सिलसिलामा काठमाडौं आएर फिर्ता भएकी छिन् ।
पशुपतिनाथ मन्दिरमा गरेको पुरानो भाकल पूरा गर्न जया पर्दा नेपाल आएको उनले बताएकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीसँग पनि बालुवाटार पुगेर भेटवार्ता गरेकी थिइन् ।
मंगलबार नेपाल आएलगत्तै पशुपति क्षेत्र विकास कोषमा पुगेर उनले पूजाविधिका बारेमा जानकारी लिएकी थिइन् । उनलेबुधबार पशुपतिनाथमा पूजाअर्चना गरेर मुम्बई फिर्ता भएकी हुन् ।
बलिउडमा संघर्ष गर्ने बेला सफलताका लागि पशुपति नाथको भाकल गरेको उनले बताएकी छिन् । भाकल पूरा गर्नका लागि काठमाडौं आएको उनको भनाइ थियो ।
जया पर्दाले माँ, सञ्जोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दरलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।
















प्रतिक्रिया