
काठमाडौँ, ७ चैत । युरोपियन युनियनले नेपालको खस आयू समुदायलाई आरक्षण नदिन सुझाव दिएकोमा नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा जबाफ दिएका छन् ।
सामाजिक सञ्जालमार्फत जबाफ दिँदै डा. भट्टराईले गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै बेश भनी टिप्पणी समेत गरेका छन् ।
डा. भट्टराईको ट्वीटमा भनिएको छ- ‘एउटा विदेशी नियोगले नेपालको कुनै जाति विशेषलाई ‘आरक्षण’ नदिनू भन्ने आपत्तिजनक उर्दी जारी गरेको सुनियो । हामी नेपाली जनता स्वयमले बनाएको संविधानमा कतै ‘आरक्षण शब्द छैन । त्यहाँ ‘समानुपातिक समावेसी प्रतिनिधित्व’ मात्र छ । जुन विल्कुल सही छ । गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !’

नेपालमा गएको मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार राजधानीमा निर्वाचन अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै खस आर्यलाई आरक्षण समूहबाट हटाउन सिफारिस गरेको थियो । जसले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरिदिएको छ ।















प्रतिक्रिया