७ कार्तिक २०८३, शनिबार

कमल थापाले भने–महेन्द्र नेपालको भावनात्मक एकिकरणका अभियन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaकाठमाडौँ, १ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा महेन्द्रलाई नेपालको भावनात्मक एकिकरणका अभियन्ताको संज्ञा दिनुभएको छ ।

पार्टीको काठमाडौँ क्षेत्र नं. ५ को क्षेत्रीय समितिले मंगलबार धुम्बाराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मुलुकको एकिकरण गरेको र राजा महेन्द्रले नेपाली जनताहरुमा भावनात्मक एकता गरेको विचार व्यक्त गर्नु भएको छ ।

मुलुकले नयाँ संविधान खोजेको र त्यो संविधानमा सनातन हिन्दुराष्ट्र अपरिहार्य रुपमा लेखिनुपर्नेमा उहाँको जोड थियो । संविधान निर्माणका क्रममा आएको असमझदारी र जटिलताको कारक काँग्रेस, एमाले र एमाओवादी भएको उहाँले दाबी गर्नुभयो ।

विधि र प्रक्रियाबाट बाहिर गएर जर्वजस्ती संविधान लाद्न खोजे त्यो अस्वीकार्य हुने पनि उहाँले चेतावनी दिनुभयो ।

धर्म परिवर्तनको बिषयमा खुल्लमखुल्ला विदेशीले बोल्नु आपत्तिजनक भएको भन्दै उहाँले धर्म परिवर्तन गराउनेलाई कडा कारवाहीको माग गर्नुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य राजाराम बर्तौला, ऋषिबाबु परियार लगायतले  बोल्नु भएको थियो ।