२ कार्तिक २०८३, सोमबार

प्रजिअ सरुवाले हुम्लाका जनतालाई नागरिकता लिन झन्झट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुुम्ला, ७ चैत । यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आउनुभएको थियो । विसं २०७४ माघ १५ गतेसम्म रहनुभएका उहाँको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उहाँको सरुवा शुक्रबार पर्सामा भएको छ ।

प्रजिअ पटक पटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । –रासस