३ कार्तिक २०८३, मंगलबार

हिसिला यमीसँग फोटो खिचाएका यी बाबा को हुन् ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । जनयुद्धका लडाकु नन्दबहादुर पुन दोस्रो पटक उपराष्ट्रपति बनेका बेला उनकै सेनामा रहेर युद्ध लडेका सिरहाका रामपरीक्षण साफी बाबा बनेर बसेको खुलासा भएको छ ।

सिरहा नगरपालिका १ लक्ष्मीनियाँका साफी अहिले पूरै जोगी अर्थात् ‘बाबा’को भेषमा बसेका छन् । २०५३ सालमा सशस्त्र युद्धमा होमिएका साफी २०५५ सालमा जनमुक्ति सेना भएका थिए । शान्ति सम्झौतापछि लडाकुका सात डिभिजन बने ।

त्यही डिभिजनमा साफीले भने सिन्धुलीको सोलुसल्लेरी स्मृति ब्रिगेडको प्लाटुन कमाण्डरको जिम्मेवारी पाएका थिए । तर, सेना समायोजनको बेला साफीले पाँच लाख लिएर स्वेच्छिक अवकासमा निस्किएका थिए ।

उनी अहिले भने साधु अर्थात् बाबा बनेर बसेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोश व्यक्त गर्दै आएका छन् ।

माओवादी छोडेर नयाँ शक्ति नेपाल गठन गरेका बाबुरामप्रति भने उनी सकारात्मक छन् । पूर्व माओवादी एवम् अहिलेकी नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग भने उनले सुखदुःखका कुरा गरेका छन् । उनै पूर्व लडाकू एवम् अहिलेका बाबासँग यमीले खिँचेको तस्बिर यत्तिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यमीले साफीसँगको तस्बिर फेसबुकमा पोस्ट गरेपछि यसको चर्चा चुलिएको हो । नयाँ शक्तिकी नेतृ यामीले उनीसँगको भेटमा दुवैजना भावुक भएको उल्लेख गरेकी छिन् ।

बाबा बनेका साफीलाई यामीले युद्धको समय र अहिले के फरक पाउँनुहुन्छ भनेर प्रश्न गर्दा जीवनका दुवै समय चुनौतीपूर्ण रहेको बताएका छन् ।