काठमाडौं, ७ चैत । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्ग होटलमा केही दिनअघि भएको बलात्कारकाण्डका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुख्य आरोपी कार्कीलाई दरवार मार्गबाट पक्राउ गरेको हो । घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी कारबाहीमा परेका थिए ।
गत ७ माघमा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन् ।
तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो । सो घट्नालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका हुन् ।















प्रतिक्रिया