३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्री थापाको सक्रियता: बिहान कारागार, दिउँसो एअरपोर्ट

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले सक्रियता बढाएका छन् । उनले मंगलबार दुई महत्वपूर्ण ठाउँको अवलोकन गरे । मन्त्री थापाले त्रिभुवन विमानस्थलको छड्के जाँच गरेका छन् । दिउँसो चार बजे त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा गृहमन्त्री थापा पुग्दा अध्ययागमनका कमचारीहरु कार्यकक्षमा भेटिएनन् ।

कर्मचारीको खाजा खाने समय दिउँसो एक बजेदेखि दुईबजेसम्म भए पनि चार बजे मन्त्री कार्यकक्षमा पुग्दा कर्मचारी नभेटिएका हुन् । उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । यसअघि मंगलबार बिहान थापाले सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका थिए ।