२ कार्तिक २०८३, सोमबार

ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, बिल्बाओलाई २–० ले हरायो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । आइतबार रातिको खेलमा एथ्लेटिको बिल्बाओलाई हराएको बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बार्सिलोनाले बिल्बाओलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८ औँ मिनेटमै अल्केसरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ३० औँ मिनेटमा मेस्सीले गोल गरेसँगै बार्सिलोनाले २–० को जित हात पार्‍यो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २९ खेलबाट ७५ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको म्याड्रिड भन्दा ११ अंकले अघि रहेको छ । म्याड्रिडको ६४ अंक छ ।

त्यस्तै आइतबार राति नै भएका अन्य खेलहरुमा सिडी लेगानिजले सेभिल्लालाई र भिल्लारियलले एटलेटिको डि म्याड्रिडलाई २–१ ले हरायो भने सेल्टा र मालागा गोलरहित बराबरीमा रोकिएका छन् ।