
काठमाडौँ, ५ चैत । एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीलाई हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले लेस्टरलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीका एल्भारो मोराटा ४२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो अग्रता दिलाए । ७६ औँ मिनेटमा लेष्टरका जिमी भार्डेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन सकेन । त्यसपछिको अतिरिक्त समयमा हेडमार्फत गोल पेद्रोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।
आइतबार राति नै भएको अर्को खेलमा साउथह्याम्टनले विगान एथ्लेटिकलाई दुई शुन्यले हराउँदै सेमिफाइनलमा पुग्यो । त्यस्तै म्यान्चेष्टर युनाइटेडले पनि ब्राइटनलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ ।















प्रतिक्रिया