काठमाडौं, ५ चैत । नेपाल दुरसंचार प्राधिकरणले टेलिफोन प्रदायक कम्पनी युटिएललाई कारबाही गरेको छ ।
युटिएलले तोकिएअनुसारको सेवा विस्तार नगरेपछि प्राधिकरणले कारबाही गरेको हो । लाइसेन्स लिंदा पेस गरेको योजनाअनुसार युटिएलले साढे एक वर्ष वित्नै लाग्दा एउटा पनि जिल्लामा सेवा विस्तार गरेको छैन ।
युटिएलले लाइसेन्स लिंदा त्यसको शर्तमा उल्लेख भएको समयसिमाभित्र सेवा विस्तार नगरेकाले दूरसंचार एेनअनुसार कारबाही गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।
प्राधिकरण संचालक समितिको बैठकले युटिएललाई तत्काल पाँच लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ ।
युटिएलले २०७३ भदौमा युनिफाइड लाइसेन्स पाएको थियो । लाइसेन्स पाएको पहिलो वर्ष ४४ र दोस्रो वर्ष १० जिल्लामा सेवा नेटवर्क विस्तार गर्नुपर्ने शर्त थियो ।















प्रतिक्रिया