मस्को, ५ चैत । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन आउँदो ६ वर्षसम्मका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति पुटिन ठूलो मतान्तरले विजयी भएका हुन् ।
अपेक्षाकृत रुपमै पुटिनले राष्ट्रपति चुनावमा अरु प्रतिस्पर्धीलाई निकै पछि पारेका हुन् । अधिकांश मत गनिसक्दा पुनिले ७६ प्रतिशतभन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको छ ।
पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका हुन् । चुनावमा पुटिनसँगै अरु सातजना उम्मेदवार थिए । पुटिनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनिया सोब्चाक र भ्लादिमिर झिरिनावस्की रहेका छन् ।
चुनावमा प्रमुख प्रतिपक्षी नेता एलेक्सिइ नावाल्नीलाई उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । पुटिन राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् ।















प्रतिक्रिया