१ कार्तिक २०८३, आइतबार

एनआइसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । एनआइसी एशिया बैंक लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।

बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट गएको फागुन २७ गते स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार Max Money Sdn. Bhd को मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।

यसैबीच, एनआइसी एशिया बैंक लिमिटेड र M & M Remit, Mauritius बिच कतार, यूएई, साउदी अरब र मौरिससबाट M & M Remit मार्फत नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

बैंकले यस सम्बन्धमा M & M Remit संग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट फागुन २७ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार M & M Remit मार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।