७ कार्तिक २०८३, शनिबार

कुन-कुन कार्यालय खुल्दैछन् आजबाट १२ घण्टा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, १ पुस । सरकारले पहिलोपटक सरकारी कार्यालयहरुमा १२ घण्टा सेवा सुरु गरेको छ ।

सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयमा आजदेखि १२ घण्टे सेवा सुरु गरिएको हो । वैदेशिक रोजगार, मालपोत, यातायात तथा महसुल बुझ्नेजस्ता कार्यालयहरू आजबाट दुई सिफ्ट गरी १२ घन्टा संचालन हुन थालेका हुन् । बिहान ६ बजे बेलुका ६ बजेसम्म ती कार्यालय खुला रहनेछन् ।

गृह मन्त्रालयले पहिलो चरणमा पाँचवटा जिल्ला प्रशासन कार्यालयमा मात्र आमजनतालाई दैनिक १२ घन्टे सेवा प्रवाह गर्नेछ । काठमाडौंमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नागरिकता वितरण गरेर सेवा सुरु गर्नु भएको थियो । पहिलो चरणमा बढी भीडभाड भइरहने गरेका मोरङ, काठमाडौं, रूपन्देही, बाँके र कैलाली जिल्ला प्रशासन कार्यालयले मात्र आजदेखि १२ घन्टा सेवा प्रवाह गर्ने छन् ।

भूमिसुधार मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालय तथा काठमाडौं बाहिरका १२ जिल्लाका मालपोत र नापी कार्यालयमा मंगलबारदेखि आमजनतालाई बाह्र घन्टा सेवा प्रवाह गर्नेछ । मालपोत र नापी कार्यालय १२ घन्टा खुल्ने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, बाँके, बर्दिया, पाल्पा, कैलाली र जुम्ला छन् । महसुल बुझाउन सबभन्दा बढी ग्राहकको भीड हुने विद्युत् प्राधिकरणले भने १२ घन्टे सेवा तत्काल लागू नगर्ने भएको छ । बिहान ६ बजेबाट कार्यालय खुलेपनि सेवाग्राहीको भिड भने आज देखिएन ।