
काठमाडौं, ४ चैत । भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ५ वर्षभित्र काठमाडौंमा रेल गुड्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा भएको साक्षात्कारमा उनले चुनावी घोषणापत्रका काम गरेर छाड्ने दाबी गरेका छन् । एमालेले राजधानीमा मेट्रो रेल चलाउने घोषणापत्रमा लेखेको थियो । ‘यो सरकारलाई काम गर्नका लागि कुनै बाहनाले छेक्दैन, ५ वर्षमा रेल गुड्छ ।’, उनले भने ।
आर्थिक समृद्धि र भौतिकपूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्र काया पलट गर्ने दाबी गरे ।
उनले यो सरकारमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी पनि सहभागी हुने बताए । दुई दिन भित्र फोरम र केही दिनमा राजपा सरकारमा सहभागी हुने दाबी उनको थियो । भने,‘ढुक्क हुनुस् उनीहरू सरकारमा आउँछन् ।’















प्रतिक्रिया