
काठमाडौं, ४ चैत । बलिउड अभिनेत्री चित्रंगदा सिंह आजभोली फिल्म ‘बजार’को छायांकनमा व्यस्त छिन् ।
जसमा सैफ अली खान उनका श्रीमान्को भुमिकामा छन् । आफ्नो सुटिङको अनुभवसँगै चित्रंगदाले एउटा अन्तरवार्तामा सैफको तारिफ गरेकी छन् ।
उनले सैफ अली खानलाई नीजि जीवनसँग जोडेर व्याख्या गरेकी छन् । चित्रंगदा र सैफमा एउटा साझा बानी छ की उनीहरू बनावटी कुरा गर्न जान्दैनन् ।
सैफसँग गरेको कामको विषयमा उनले भनेकी छन्,‘उनको काम गराई ब्रिटिश स्टाइलको छ ।’ सैफसँगै चित्रंगदाले निर्देशक तिग्मांशु धुलियाको पनि तारिफ गरेकी छन् । एजेन्सी















प्रतिक्रिया