४ कार्तिक २०८३, बुधबार

पत्याउनुहुन्छ ? शाहरुखको ५०, ऋतिकको १०० रुपैयाँ पारिश्रमिक

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका अभिनेताले अहिले एउटै चलचित्रबाट करोडौँ रुपैयाँ कमाउने गर्छन । त्यसमाथि विभिन्न कम्पनी तथा ब्राण्डका इभेन्टहरु तथा विज्ञापनबाट पनि उनीहरुको कराडौँ कमाइ हुन्छ । तर उनीहरुको जीवनको पहिलो पारिश्रमिकको बारेमा कुरा गर्ने हो भने कसैले २५ रुपैयाँ पाएका थिए, कसैले ५० त कसैले १०० ।

तर पनि सबै नायक नायिकले आफ्नो पहिलो पारिश्रमिक आफ्नो आफ्नो तरिकाले खर्च गरे । यस्तो छ बलिउडका केही नायकहरुको पहिलो पारिश्रमिकः

शाहरुख खान

शाहरुखले पहिलो पटक पंकज उधासको गजल कार्यक्रममा काम गरेको थिए । उनको काम सो कार्यक्रममा आएका अतिथिहरुलाई उनीहरुको सिटसम्म पु¥याइदिने थियो । सो काम गरेवापत उनले ५० रुपैयाँ पाएका थिए । त्यो नै उनको पहिलो पारिश्रमिक थियो । उनले सो पैसाले ताज महलको टिकट किनेका थिए ।

आमिर खान

आमिरको पहिलो पारिश्रमिक एक हजार रुपैयाँ हो । उनले चलचित्र ‘पारानोइया’मा सहायक निर्देशकको काम गर्दा उनलाई सो रकम मिलेको थियो । उनले सो पैसा आफ्नी आमालाई दिएका थिए ।

इरफान खान

इरफानलाई हाल न्युरो इण्डोक्राइन ट्युमर नामक रोग लागेको छ । उनले आफ्नो ट्वीटरमार्फत यो कुराको खुलासा गरेका थिए । इरफानले आफ्नो सुरुवाती दिनहरुमा बच्चाहरुलाई ट्युसन पढाउने गर्दथे । जसबाट उनलले पहिलो पारिश्रमिकको रुपमा २५ रुपैयाँ कमाएका थिए । उनले सो पैसाले साइकल किनेका थिए ।

ऋतिक रोशन

ऋतिक ६ वर्षको हुँदा उनले चलचित्र ‘आशा’मा काम गरेवापत १०० रपैयाँ पाएका थिए । सो पैसाले उनले खेलौना कार किनेका थिए ।

 

 

अर्जुन कपुर

अर्जुनले चलचित्रमा काम गर्नुभन्दा पहिले सहायक निर्देशकको रुपमा काम गर्थे । उनले पहिलो पारिश्रमिकको रुपमा ३५ हजार रुपैयाँ पाएका थिए । उनले आफ्नो बैंक खाता खोलिदिन आग्रह गर्दै सो पैसा अभिभावकलाई दिएका थिए ।

रणदिप हुँडा

रणदिपको जीवनको पहिलो काम भनेको वेटर थियो । उनले अष्ट्रेलिको एक चिनियाँ रेष्टुरेन्टमा वेटरको काम गर्थे । जसबाट उनलाई पहिलो पटक ३६० रुपैयाँ पाएका थिए । जीवनको पहिलो कमाईले उलने वियर किनेर रमाईलो गरेका थिए ।