३ कार्तिक २०८३, मंगलबार

चर्चित लोकगायक प्रेमराजा महत भन्छन् – छोरीको बिहे अमेरिकामा गर्न मन लागेन

23.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद ढकाल / दैनिक नेपाल

ज्वाँई छोरी नै अमेरिकामा बस्ने भएकाले उतै विवाह हुन सक्थ्यो तर यो देशको प्रेम, आफन्तको भीड, जन्तीको लर्को देख्ने चाहनाले तानेको हो ।

मार्टिन लुथर किङ जुनियरले भनेका छन्, ‘मसँग सपना छ, मेरो चौंथो सन्तान राष्ट्रका निम्ति बाँच्नेछ । उसको बाँच्ने आधारले आफ्नो छालाको रङ पनि चिन्ने छैन ।’

बालख छोराछोरी लिएर दुई दशकअघि अमेरिका छिरेका गायक प्रेमराजा महतको जीवन शैली र कर्मलाई नजरअन्दाज गर्दापनि लेखक मार्टिन लुथर किङ जुनियरको यही भनाई प्रतिबिम्बित हुन्छ । फरक यत्ति छ, महत आफैं राष्ट्रका लागि बाँचेका छन्, कर्ममा दौडिएका छन् र यही संस्कार आफ्ना सन्तानमा हुर्काउन सफल भएका छन् । यसको खास उदाहरण – उनले सय जनाको नेपाली टोलीलाई अमेरिकाबाट काठमाडौं ल्याएर छोरीको विवाह गर्नु पनि हो । अमेरिकामा हुर्किएकी छोरी सदिक्षा महतको लगनगाँठो आशिष भण्डारीसँग काठमाडौंमा जोडिदिए । ‘ज्वाँई छोरी नै अमेरिकामा बस्ने भएकाले उतै विवाह हुन सक्थ्यो तर यो देशको प्रेम, आफन्तको भीड, जन्तीको लर्को देख्ने चाहनाले तानेको हो ।’, उनी भन्छन् । यतिले मात्र होइन्, कम्तीमा आन्तरिक पर्यटन भित्र्याउनका लागि पनि उनले यो विवाह यहाँ गरेका हुन् ।

अमेरिकामा हुने खर्च नेपालमा गर्दाको खुशी साट्न महतको निर्णयलाई परिवारका सवै सदस्यको सहर्ष अनुमोदन भयो । दुई छोरा र दुई छोरीमध्ये अहिले कान्छी छोरीको बिहे भएको हो । आफ्नो परिवारको पहिलो बिहे नेपालमै गर्ने धोको पूरा गरे उनले ।

उनका चौथो होइन, हरेक सन्तान राष्ट्रका निम्ति बाबुको अनुयायी मार्गमा छन् । त्यसैले पनि विश्वमा नेपाल चिनाउने लयलाई महतले जारी राखेका छन् । उनी गीतसंगीतले अमेरिका नचाउन अभ्यस्त छन्, नेपाली माटोमा हुर्किएका फिरन्तेहरूको बस्ती बसाउन प्रत्यक्ष र परोक्ष रूपमा पनि चलायमान छन् ।

अमेरिकाको मेरिल्यान्ड राज्यको वाल्टिमोरमा नेपालीको घना बस्ती छ । यो बस्तीको पहिलो इटा हाल्ने व्यक्ति हुन्, महत । दुई दशकअघिको दशैंमा ५० जना भेला पार्न नसक्ने ठाउँमा नेपालीको मेला लाग्ने गरेको देख्दा उनी दङ्गदास छन् ।

उनी नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत पनि हुन्, त्यहाँका । नेपाली संगीत बजारले भन्ने गरेको छ, ‘प्रेमराजा महत अमेरिकामा नेपाली कला भित्राउने प्रेरणा भएकाले कलाकारले अमेरिकामा आफ्नो पेशाबजार फराकिलो बनाएका छन् ।’ यो भनाइको जस लिन नचाहने महत भन्छन्, ‘अरूले पनि गरेका छन् । तर अमेरिकाको सडकमा हिँडेको नेपाली अनुहारलाई एक छाक दालभात खुवाउने रहरचाहिँ अझै जीवित छ मभित्र ।’

अमेरिकाको मेरिल्यान्ड राज्यको वाल्टिमोरमा नेपालीको घना बस्ती छ । यो बस्तीको पहिलो इटा हाल्ने व्यक्ति हुन्, महत । दुई दशकअघिको दशैंमा ५० जना भेला पार्न नसक्ने ठाउँमा नेपालीको मेला लाग्ने गरेको देख्दा उनी दङ्गदास छन् । ‘म नसकेर गएको होइन, नजानेर बसेको होइन । अधिकृतको जागिरे थिएँ । संगितको प्रबद्र्धनका क्रममा पुग्दा अमेरिकामा नेपाल चिनाउने रहरले बसेको हुँ ।’, उतै भासियो भनेर जिब्रो चपाउनेहरूका लागि उनको सफाई छ, ‘आजको नेपाली संगीतको बजार कति फराकिलो भएको छ । त्यसको मियो मध्यमा गनिने रहरले केही वर्ष विताउँदै जाँदा २ दशक पुगेछ ।’

नेपाल र अमेरिकाको बसाईँ उनको झन्डै आधा–आधा समयजस्तै भएको छ । १९९६ तिर अमेरिका छिरेपनि यो अवधिको आधार समय उनले नेपालमा बिताएका छन् । त्यसैले पनि उनका हरेक उत्तरहरूमा नेपाली जीवनका ठेट शैली छन्, उनका गीतमा जस्तै । पानको पात…बाँझो खेतमा…सिमसिमे पानीमा जस्ता धेरै चर्चित गीतमा स्वर भरेका महत भन्छन्, ‘यही शैली र मायामा हामी हुर्किएका हौं । यस्तै गीत सुनेर गाएर अघि बढेका हौं ।’

जिम्वाल बाउका छोरा प्रेमराजाको गीत पनि नेपाली समाजको सबैभन्दा बलियो संगीत सारङ्गीसँग जोडिएको छ । घरमा गीत सुनाएर गुजारा चलाउन आउने गन्धर्वका सारङ्गीका धुनले उनको मन तान्यो । त्यही तानेर बजाउने गर्थे । त्यसबेला पनि उनको कुरा नकाटिएको होइन । जिम्वाल बाउका छोराले गति छाड्यो भनेका थिए, धेरैले । तर, उनको जीवनमा त्यही सारङ्गीको धुनले गति दियो र रेडियो नेपालदेखि सारा विश्वसम्म नेपाली संगीत गन्धलाई पुराउन सफल भए । अझै संघर्षमै छन् ।

जिम्वाल बाउका छोराले गति छाड्यो भनेका थिए, धेरैले । तर, उनको जीवनमा त्यही सारङ्गीको धुनले गति दियो र रेडियो नेपालदेखि सारा विश्वसम्म नेपाली संगीत गन्धलाई पुराउन सफल भए । अझै संघर्षमै छन् ।

‘तनहुँका गाउँमा हलो जोत्दा उठेका ठेउला अमेरिकामा पनि उठेकै छन् । फरक यत्ति हो, श्रमकै लागि गाडीका स्टेरिङ घुमाउँदा ठेला उठेका हुन्’, उनी सम्झन्छन्, ‘तर मेरा शरीरमा अहिले पनि नेपाली माटोको मिठो सुवास छ । माटोसँगको नाता भनेको मुटुसँगको नाता हो । कसैले पलायन भनेर कुरा काट्दैमा राष्ट्रवाद पलायन हुँदैन । बरु, त्यसले परदेशका भुमिमा चन्द्रसूर्य फहराउन गरेको मद्दतको कुशल कर्मको सानो जस लिने आधार बन्छ ।’

अमेरिकाका कतिपय महोत्सवमा नेपाली झन्डालाई संगीतसँग जोडेर फहराउने काममा उनको योगदान जारी छ । गोरा र कालाको देशमा गहुँगोरो वर्णको महादेशबाट उछिट्टिएर पुगेका महतलाई धेरैले प्रेम गर्छन् । त्यसैले कहिलेकाहीँ आफ्नै परिचयले उनलाई छक्क पनि पार्छ । अमेरिका सहरलेमात्र भरिएको देश होइन । गाउँ र फाँट पनि छन् । सडक मजबुद छन्, मौसमलाई मानव जातिले संरक्षणको प्रयत्न गरिरहेका छन् । दशकअघि उनी टहल्दै गर्दा अमेरिकी कालाजातीका दुई फिरन्तेले उनलाई जम्काभेटमा भने, ‘यु आर स्टार !’ अमेरिकी भूमिमा यस्तो सुन्दा उनी फुरूङ्ग नहुने कुरै भएन । यसै पनि उनको चरित्र सँधै खुशी हुनेछ । भन्छन्, ‘यो नेपाली कलाको प्रोत्साहनले दिएको परिचय थियो । म यही परिचय मेरा सन्तानमा पनि पाउनुपर्छ । अमेरिकी शिक्षा पढे पनि नेपाली पहिचान झल्काउनुपर्छ मान्यतामा बाँचेको छु ।’

महतले नेपालका लागि गरेका कामका विवरण र कथा उपन्यासभन्दा कम छैन । त्यसैले पनि कसैले अमेरिकाको बाल्टिमोरमा बस्छु भन्यो भने आम प्रतिप्रश्न आउँछ– प्रेमराजा महतसँग भेट हुन्छ ? चिन्छौ ? यहि प्रतिप्रश्नमा रमाउने परोक्ष प्रतिक हुन् महत । जो नेपाली पर्यटनका विषयमा सँधैभर चिन्ता लिने गर्छन् ।