३० आश्विन २०८३, शुक्रबार

टर्कीको हवाइ आक्रमणमा एघार सर्वसाधारणको मृत्यु : अनुगमन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेवनान, ३ चैत । सिरियाली विद्रोहीको आधार इलाका मानिने अफ्रिन क्षेत्रबाट द्वन्द्वको पीडा सहन नसकी सुरक्षितस्थलतर्फ भाग्दै गरेका ११ जना सर्वसाधारण नागरिकमाथि टर्कीद्वारा शनिबार पुनः हवाई आक्रमण भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘टर्की नेतृत्वको सुरक्षाबलले कूर्दिस बाहुल्यता रहेको अफ्रिनमा शहर र वरपरका स्थानमा गरेको पछिल्लो आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको छ ।’

सिरियामा मानव अधिकार अनुगमन गरिरहेको उक्त संस्थाका अनुसार टर्कीद्वारा सिरियाली कूर्दिस लडाकूविरुद्ध जनवरी २० पछि चलाएको स्थल तथा हवाई सुरक्षा कारबाही परी २८० सर्वसाधारणले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेका बताइएको छ । अङकाराले भने कारबाहीमा सर्वसाधारणको मृत्यु नहोस् भनेर अत्यधिक सावधानी अपनाइएको पटक पटक बताउँदै आएको छ । –रासस/एएफपी