मुम्बई । भ्यालेन्टाइन डेका बोला इंटरनेटमा हिरोइन बनेकी प्रिया प्रकाश वारियरको अझै पनि सेलाउन पाएको छैन । प्रियाको जादू अहिले पनि कायम छ ।
आफ्नो पहिलो फिल्म मलायलम भाषाको ‘उरू आदर लव’को गीतको एउटा क्लिपले पूरै भारतमा प्रिया रातारात फेमस भएकी छिन् । सामाजिक सञ्जाल र
सञ्चारमाध्यमहरूमा प्रिया प्रकाश वारियरको आखाको जादू जारी छ ।
भाइरल भएको प्रियाको भिडियो विश्वभरि चर्चित भइरहेको छ । बलिवुड कलाकारहरूलाई पनि प्रियाको निलो आंखाको जादू चलेको छ । प्रियासँग फिल्म खेल्न धेरै बलिउड कलाकारले इच्छा जनाएका छन् ।
फिल्ममेकर करण जौहर र साजिद नाडियाडवालाका बीच प्रियालाई लिएर फिल्म बनाउने प्रतिस्पर्धा भइसकेको छ । प्रिया प्रकाशको त्यो भिडियोका कारण उनलाई बलिउडबाट फिल्म खेल्ने अफर आएको हो ।
करण जौहरले प्रिया प्रकशलाई ‘स्टूडेंट अफ दी ईयर’को सीक्वलमा खेलाउन चाहेका छन् । साजिद नाडियाडवालाले पनि नयाँ फिल्ममा प्रिया प्रकाशलाई खेलाएर बलिउडमा इन्ट्री दिने सोँच बनाएका छन् ।
प्रिया प्रकाशले बलिउड फिल्म खेल्ने जनाए पनि कुन निर्देशकका साथ काम गर्ने हुन् केही बताएकी छैनिन् । उनलाई मन पर्ने कलाकार रणवीर कपूर हुन् । – एजेन्सी















प्रतिक्रिया