
लण्डन, ४ चैत । इंग्लिस प्रिमियर लिगको शनिबार राति भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोल अन्तरले हराएको छ । जितसँगै लिभरपुल ६३ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
लिभरपुललाई जिताउन मोहम्मद सलाहले चार गोल गरे । सलाहले वाटफोर्डको कमजोर डिफेन्सको फाइदा उठाउँदै ४, ४३, ७७ र ८५ औँ मिनेटमा गोल गरे । ४९ औँ मिनेटमा रोबर्टो फिरमिन्होले पनि गोल गरेका थिए ।
त्यस्तै शनिबार राति नै भएका अन्य खेलमा एभरटनले स्टोकलाई २–१, क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई २–० तथा बर्नमाउथले वेस्ट ब्रुमलाई २–१ ले हरायो ।















प्रतिक्रिया