३० आश्विन २०८३, शुक्रबार

बेलायत–रुस सम्बन्ध तनावपूर्ण बन्दै, २३ कुटनीतिज्ञ देश निकाला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ चैत । बेलायत र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको देखिएको छ । पहिले बेलायतले रुसका २३ कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको हो ।

अब अहिले रुसले त्यसको प्रतिक्रिया स्वरुप आफ्नो देशमा रहेका २३ बेलायती कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । रुसले एक हप्ताभित्र आफ्नो देश छोड्न बेलायती कुटनीतिज्ञलाई आदेश दिएको हो ।

रुसले बेलायती कुटनीतिज्ञलाई निष्काशित मात्रै गरेको छैन अब रुसमा रहेको ब्रिटिस काउन्सिल तथा सेन्ट पिटर्सबर्गमा रहेको बेलायती वाणिज्य दूतावास पनि बन्द गरिने जनाएको छ ।

बेलायतमा रुसका पूर्व जासुस तथा उनकी छोरीमाथि भएको आक्रमण र त्यसपछि विकसित भएको परिस्थितिमा दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

आक्रमणमा परेका पूर्व रुसी जासुस सर्गेइ स्क्रीपल र उनकी छोरी युलिया अहिले पनि गम्भीर अवस्थामा अस्पतालमा छन् । उनीहरू विल्टशिरमा मार्च ४ का दिन बेहोस अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई विष दिइएको र यसमा रुसी सरकारको संलग्नता रहेको बेलायतले जनाएको छ । तर रुसले भने आरोप अस्वीकार गर्दै आएको छ । – एजेन्सी