३० आश्विन २०८३, शुक्रबार

सी जिनपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदीत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसद्ले सीका एकजना निकटवर्ती र भ्रष्टाचारविरोधी पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा मतदान भएको थियो ।

गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने पक्षमा मतदान गरेको थियो ।
त्यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्छन् ।

चीनले सन् १९९० को दशकमा राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि तय गरेको थियो ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।
त्यसको सट्टा उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन उनी सफल भएका थिए । बीबीसी