काठमाडौं, ३ चैत । सिभिल बैंक लिमिटेडले आफ्नो ५८औं शाखा झापाको दमकमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ,ईलाका प्रहरी कार्यालय दमकका प्रमुखप्रहरी नायब उपरीक्षक दीपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्षहरुलगायत सो क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाललाई समृद्धि तर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नको लागि आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरे ।
दमक नगरपालिकाका वडा नं ६का अध्यक्ष टेकबहादुर थापाले सिभिल बैंक लिमिटेडलाई दमकमा स्वागत गर्दै बैंकका विविध निक्षेप तथा कर्जा सुविधालेस्थानीयको आर्थिकस्थिति उकास्न टेवा पुग्ने बताए ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सम्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले हालसम्म दुई लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया