२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार, एमाले र माओवादीका ११ मन्त्री, ४ राज्यमन्त्रीको शपथ (नामसहित)

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् । एमालेका ६ मन्त्री, ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री , एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ ।

शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, जगत विश्वकर्मा युवा तथा खेलकुद, रविन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठ भौतिक पूर्वाधार, शेरबहादुर तामाङलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै सूचना तथा सञ्चार राज्यमन्त्रीमा गोकुल बाँस्कोटा, स्वास्थ्य राज्यमन्त्रीमा पद्मा अर्याल र पर्यटन राज्यमन्त्रीमा धनबहादुर बुढामगर नियुक्त गरी शपथ गराइएको हो ।

उता, सत्ता साझेदार माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त उर्जा तथा जलस्रोत, चक्रपाणि खनाल कृषि तथा सहकारी, गिरीराजमणि पोखरेल शिक्षा, शक्ति बस्नेत वन र विना मगरले खानेपानी मन्त्रालयको जिम्मेबारी दिएर प्रधानमन्त्रीले शपथ गराएका छन् । माओवादीबाट रामकुमारी चौधरी राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

७ राज्यमन्त्रीसहित मन्त्रीपरिषद् २२ सदस्यीय भएको छ । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदा मन्त्रीपरिषद् २५ सदस्यीय हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले गृह र उद्योगमा माओवादीका रामबहादुर थापा बादल, मात्रीका यादवलाई नियुक्त गरेका थिए भने प्रधानमन्त्री नियुक्त भएको दिन एमालेका लालबाबु पण्डित र थममाया मगरलाई मन्त्री नियुक्त गरेका थिए । शुक्रबार पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्थानान्तरण गरी प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालले पनि मन्त्री पठाउने भनिएपनि आन्तरिक विवादका कारण निर्णय हुन सकेन ।