
काठमाडौँ, २ चैत । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उत्कृष्ट सिइओ अवार्ड जितेका छन् ।
काठमाडौँमा बिजनेश प्लस टेलिभिजनले गरेको पहिलो सिइओ समिट तथा अवार्ड समारोहमा घिसिङले ‘सिइओ अफ दि इयर’को उपाधि जितेका हुन् । उनले पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधि पनि जितेका छन् ।
सिइओ अफ दि इयर योेंगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखराकी महिला उद्यमी र सिइओ अफ दि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख वीरेन्द्र बस्नेतले जितेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवार्ड समारोहको उदघाटन गरेका थिए ।















प्रतिक्रिया